Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • संसदमा राप्रपा अध्यक्ष लिङ्देनले अर्थमन्त्रीलाई खोजेपछि बैठक स्थगित

    संसदमा राप्रपा अध्यक्ष लिङ्देनले अर्थमन्त्रीलाई खोजेपछि बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 498
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा अर्थमन्त्री वर्षमान पुनलाई खोजेपछि बैठक स्थगित भएको छ ।

    अध्यक्ष लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको हो ।



    कांग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखे ।



    त्यसपछि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरेका थिए ।

    उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गरापछि अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिएका थिए ।

    सभामुख देवराज घिमिरेले अध्यक्ष लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गर्दै संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार