Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय सेयर बजारमा भारी गिरावट

एजेन्सी । भारतीय सेयर बजारमा आज भारी गिरावट आएको छ ।

लोक सभा चुनावको नतिजा आउने क्रम सुरु भएसँगै भारतीय बजारमा भारी गिरावट देखिएको हो ।

दिउँसो साढे १२ बजेसम्म बीएसई सेन्सेक्स अघिल्लो दिनको तुलनामा ६ हजार अंक ९७.९७ प्रतिशत घटेको छ ।

साढे १२ बजेसम्म बीएसई सेन्सेक्स ७० हजार ३७४ मा झरेको छ । सोमबार यो सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो ।

त्यस्तै अर्को नेसनल स्टक एक्स्चेन्जको सूचक एनएसई १९ सय बढी अंकले घटेको छ । साढे १२ बजेसम्म यो सूचक १९४७ अंक घटेर २१ हजार ३१६ मा झरेको छ ।

निफ्टी ५० सूचक ८.३७ प्रतिशत घटेको छ । मुख्यतः भारतीय लोकसभाको नतिजा आउने क्रम सुरु भएपछि बजारमा भारी गिरावट देखिएको हो ।

चुनावको नतिजा भारतीय सञ्चारमाध्यमले गरेको प्रक्षेपणको तुलनामा केही फरक देखिँदा बजार प्रभावित बनेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077