Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीद्वारा पहिलोपटक हुन्डीसम्बन्धि कसुरमा अनुसन्धान गरेर मुद्दा दायर, मुख्य नाइके अज्ञात

काठमाडौं । हुन्डीसम्बन्धि अपराधमा प्रहरीले आफैं अनुसन्धान गरेर मुद्दा दायर गर्न थालेको छ ।

गत २७ बैशाखमा ९८ लाख रुपैयाँसहित पक्राउ परेका रुपन्देहीका मिलन विक र समिर सुनारविरुद्ध हुन्डीसम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दायर भएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको थियो ।

तर, फितलो अनुसन्धान हुँदा उनीहरुको समूह पत्ता लागेको हो ।

पक्राउ परेका विकले भारतमा बस्ने सन्दीप बस्नेतको निर्देशनमा आफुहरुले सो पैसाको कारोबार गर्न लागेको बताएका छन् ।

विगतमा ५–६ पटक त्यसरी हुन्डीको रकम ओसारपसार गरेको उनले बयानमा बताएका छन् ।

तर, प्रहरीले त्यसतर्फ अनुसन्धान गरेको छैन ।

अभियुक्त विक दोलखाको ३३ किलो सुन तस्करीको मुद्दामा पनि फरार व्यक्ति हुन् ।

जसकारण उनी पक्राउ परेबाट सुन तस्करी गिरोह समेत पत्ता लाग्ने आकलन गरिएको थियो । त्यसतर्फ अनुसन्धान भएको छैन ।

उनीहरुको मोबाइलको परीक्षण रिपोर्ट नआएको भन्दै थप व्यक्तिमाथि अनुसन्धान भएको छैन ।

गत चैतमा संशोधन भएको मुलुकी अपराध संहितामा हुन्डीसम्बन्धि अपराधलाई समाबेश गरेपछि प्रहरीले अनुसन्धान थालेको हो ।

त्यसअघि प्रहरीले पक्राउ गरी राजश्व अनुसन्धान विभागलाई बुझाउँथ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077