Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयद्धारा ८ जना उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ।

जेठ १६ गतेको निर्णयअनुसार गृह मन्त्रालयले उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो।

गृहमन्त्रालयमा रहेका सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशकको जिम्मेवारी दिइएको छ भने युवराज अर्याललाई धादिङको सहायक सिडिओ बनाईएको छ।

त्यस्तै, कृष्णप्रसाद हुमागाईलाई नुवाकोटको सहायक सिडिओ, ललितकुमार बस्नेतलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, धर्मराज जोशीलँई कञ्चनपुरको सहायक सिडिओको जिम्मेवारी तोकिएको छ।

त्यस्तै,भीमराज कोइरालालाई सुनसरीको सहायक सिडिओ, ओमप्रसाद भट्टराईलाई गृह मन्त्रालय र अशोक कुमार भण्डारीलाई डडेलधुराको सहायक सिडिओको जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077