Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडक विभागले न्युरोड क्षेत्रमा कालोपत्रे गर्न थालेपछि मेयर बालेनले पठाए नगर प्रहरी

काठमाडौं । सडक विभागले न्युरोड क्षेत्रमा कालोपत्रे गर्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नगर प्रहरी पठाएका छन् ।

महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको बाटो सडक विभागले पुरेर कालोपत्रे गर्न लागेपछि न्युरोड क्षेत्रमा नगर प्रहरी पुगेको हो ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो ।

तर नगर प्रहरी पुगेपछि विवाद सुरु भएको छ । काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077