Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले भत्काएको सडक कालोपत्रे गर्दै सडक डिभिजन

काठमाडौं । काठमाडौं महानगरपालिकाले भत्काएको न्यूरोड क्षेत्रको बाटो डिभिजन सडक कार्यालयले कालोपत्रे गर्न थालेको छ ।

सडक डिभिजन कार्यालयले न्यूरोड क्षेत्रमा महानगरपालिकाले काटेको सडकको भाग कालोपत्रे गरेको हो।

भत्काएको सडक सम्याउन महानगरलाई डिभिजन सडक कार्यालयले निर्देशन दिएको थियो ।

महानगरले अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो ।

यसअघि सडक डिभिजन कार्यालयले काटिसकेको सडक २ दिनभित्र नटाले कारबाही गर्ने चेतावनी समेत दिएको थियो।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो ।

डिभिजन सडक कार्यालयले आफैं पिच गर्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर आक्रोस पोखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077