Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सफारी जीप दुर्घटना हुँदा ६ पर्यटक घाइते

    सफारी जीप दुर्घटना हुँदा ६ पर्यटक घाइते

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 582
    SHARES

    फाइल तस्विर

    चितवन । पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१२, दराई तालनजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जीप दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ना४च ८८५५ नम्बरको सफारी जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते सबै भारतको मुम्बई, बेन्डाली थानाका बासिन्दा हुन् ।



    घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीय रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशंकर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर र ६२ वर्षीय पंकज गुप्तेश्वर छन् ।



    रत्ननगर र भरतपुरका अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक चितवनकै रत्ननगर नगरपालिका–४ का ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार