Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग हिसाब-किताब खोज्छौँ : गगन थापा

    गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग हिसाब-किताब खोज्छौँ : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 462
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिबारे सरकारसँग जवाफ माग गरेको छ ।

    प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको जवाफ माग गरेका हुन् ।



    गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै लिनुपर्ने महामन्त्री थापाको भनाई छ ।



    महामन्त्री थापाले भने,‘कि प्रधानमन्त्रीले अर्न गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नुस् । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’

    महामन्त्री थापाले गृहमन्त्री लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए ।

    महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार