Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एसएसपी बढुवामा बार्गेनिङ भएको गृह मन्त्रालयमाथि एसपीको आरोप

    एसएसपी बढुवामा बार्गेनिङ भएको गृह मन्त्रालयमाथि एसपीको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 3.3K
    SHARES

    काठमाडौं । शुक्रबार मध्यराती राती नेपाल प्रहरीका एसपीको एसएसपीमा भएको बढुवा सिफारिसमाथि चलखेलको आरोप लागेको छ ।

    नेपाल प्रहरीकै एक एसपीले बढुवामा बार्गेनिङ भएको गम्भीर आरोप लगाएका छन् ।



    बढुवामा छुटेका एसपी गोविन्द अधिकारीले सार्वजनिक रुपमै यस्तो आरोप लगाएका छन् ।



    उनले फेसुबकमा लेखेका छन्,‘गृहबाट बढुवा लिष्ट आउट गर्ने, मिडिया ट्रायल गर्ने, अनि बार्गेनिङ गरी फाइनल गर्ने नयाँ चलन चलेको हो ?’

    गृहले एसपीहरू श्यामकृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम दाहाल र नान्तीराज गुरुलाई बढुवा सिफारिस गरेको हो । एसपी अधिकारी पनि बढुवाका प्रतिस्पर्धी थिए ।

    उनको नाम पनि सिफारिस भएको हल्ला सामाजिक सञ्जालमा चलाइएको थियो ।

    पछि बढुवामा अटाएनन् । सोही कारण उनले मिडिया ट्रायल गरेर बार्गेनिङ गरेको आशंका व्यक्त गरेका हुन् ।

    एसपी अधिकारीकी श्रीमती अनिता ढकाल अधिकारीले पनि बढुवा भएको हल्ला गरेर बढुवामा छुटाइएको भन्दै यसको छानविन गर्न माग गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार