Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन

    मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 852
    SHARES

    मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

    तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।



    सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ ।



    ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार