Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका चार डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा प्रदीप बहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077