Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • कांग्रेस प्रवक्ता महत भन्छन् – यो बजेटले वित्तीय अनुशासन कायम गर्न सक्दैन

    कांग्रेस प्रवक्ता महत भन्छन् – यो बजेटले वित्तीय अनुशासन कायम गर्न सक्दैन

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 372
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी वर्षको बजेटले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले यस्तो बताएका हुन् ।



    प्रवक्ता महतले मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताए।



    बजेटले पर्यटन, स्वास्थ्य लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको प्रवक्ता महतले बताए।

    उनले सीमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राखे।

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक वर्षको अवधिमा सरकारलाई दिएका केही सुझावहरूलाई बजेटले प्राथमिकतामा राखेको बताए।

    अझै पनि बजेटमा रहेका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार