Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कैलाश सिरोहियामाथि अनुसन्धान गर्ने इन्सपेक्टर बने ‘पुलिस अफ द मन्थ’

    कैलाश सिरोहियामाथि अनुसन्धान गर्ने इन्सपेक्टर बने ‘पुलिस अफ द मन्थ’

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 3.1K
    SHARES

    जनकपुर । जिल्ला प्रहरी कार्यालय, धनुषाले इन्सपेक्टर नवराज खड्कालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरी पुरस्कृत गरेको छ ।

    बैशाख महिनामा शान्ति सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा उनी पुरस्कृत भएका हुन् ।



    इन्सपेक्टर खड्का उनै अधिकृत हुन् जसले कान्तिपुर मिडियाका मालिक कैलाश प्रसाद सिरोहियाको बहुचर्चित नागरिकता प्रकरणको अनुसन्धान गरेका थिए ।



    सहकारी चोरीदेखि विभिन्न अपराधको घटनाको सफल अनुसन्धान गरेको आधारमा उनलाई पुरस्कृत गरिएको जिप्रका धनुषाले जनाएको छ ।

    इन्सपेक्टर खड्काको नेतृत्वमा सिरोहियामाथि अनुसन्धान जारी छ । स्वास्थ्यको कारण देखाएर उनलाई तत्कालका लागि रिहा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार