Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलाश सिरोहियामाथि अनुसन्धान गर्ने इन्सपेक्टर बने ‘पुलिस अफ द मन्थ’

जनकपुर । जिल्ला प्रहरी कार्यालय, धनुषाले इन्सपेक्टर नवराज खड्कालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरी पुरस्कृत गरेको छ ।

बैशाख महिनामा शान्ति सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा उनी पुरस्कृत भएका हुन् ।

इन्सपेक्टर खड्का उनै अधिकृत हुन् जसले कान्तिपुर मिडियाका मालिक कैलाश प्रसाद सिरोहियाको बहुचर्चित नागरिकता प्रकरणको अनुसन्धान गरेका थिए ।

सहकारी चोरीदेखि विभिन्न अपराधको घटनाको सफल अनुसन्धान गरेको आधारमा उनलाई पुरस्कृत गरिएको जिप्रका धनुषाले जनाएको छ ।

इन्सपेक्टर खड्काको नेतृत्वमा सिरोहियामाथि अनुसन्धान जारी छ । स्वास्थ्यको कारण देखाएर उनलाई तत्कालका लागि रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077