Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद पौडेलले दर्ता गरे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी जग्गाको अपचलन रोक्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसदहरू प्रदीप पौडेल प्रस्तावक तथा प्रतिमा गौतम र सपना राजभण्डारीको समथनमा सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न भन्दै संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद पौडेलले विकास निर्माणको काम गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्य गर्नुपर्ने अर्को प्रस्ताव पनि उल्लेख गरेका छन् ।

दुई वटै प्रस्तावको समर्थकमा प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र सपना राजभण्डारीले समर्थन गरेका छन् ।

सांसद पौडेलले शक्ति र पहुँचको दुरुपयोग गर्दै सार्वजनिक जग्गाको अतिक्रमण हुने गरेको दाबी गरेका छ ।

विगतमा अतिक्रमित सार्वजनिक जग्गालाई नेपाल सरकारको मातहतमा ल्याउन सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077