Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - सहकारीसम्बन्धी छानबिन समितिलाई विना अवरोध काम गर्न दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीसम्बन्धी छानबिन समितिलाई निर्बाध रूपमा काम गर्न दिनुपर्ने बताएका छन् ।

सामाजिक संञ्जालमा एक भिडिओ जारी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले सहकारी ठगी प्रकरणमा संलग्न मानिसहरूमाथि संसदीय छानबिन समितिले एकएक हिसाबकिताब माग्ने बताए।

महामन्त्री थापाले कांग्रेसले उद्देश्यअनुसार नै संसदीय छानबिन समिति गठन भएको बताए।

महामन्त्री थापाले भने,‘सहकारी ठगीमा संलग्न देखिएका व्यक्तिहरूका बारेमा अध्ययन गर्नेजस्ता कुरा संसदीय छानबिन समितिको कार्यादेशमा राखिएको छ । यो समिति जे सोचेर कांग्रेसले विषय उठाएको हो त्यही अनुरूपको समिति बनेको छ। यसमा संलग्न भएका प्रत्येक मानिसको हिसाबकिताब यो समितिले माग्छ, माग्नका लागि बनाएको हो।’

उनले संसदीय छानबिन समितिलाई निर्बाध रूपमा काम गर्न दिनुपर्ने बताए। छानबिन समितिमा रहेका सांसदहरूले कार्यादेश के हो भन्ने राम्रोसँग बुझेर काम गर्नुपर्ने महामन्त्री थापाको भनाई छ ।

गोरखा मिडिया नेटवर्कमा संलग्न गृहमन्त्री रवि लामिछानेलाई पनि बयानमा बोलाउने गरी कार्यादेश बनेको महामन्त्री थापाले बताए ।

उनले तीन महिनाभित्र संसदीय छानबिन समितिले काम सक्ने विश्वास व्यक्त गरे।सहकारी ठगी प्रकरणमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा नेतृत्वमा सात सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ।

जसमा नेपाली कांग्रेस र एमालेबाट दुई-दुई जना सांसद छन्। समितिमा माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077