Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मालपोत कार्यालय कपिलवस्तुका नासु ३० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका नासु नरहरि खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जग्गा नामसारी गर्ने नाममा खनालले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो ।

उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले बताए ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077