Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सुर्खेत जीप दुर्घटना : मृतक चारै जनाको सनाखत

    सुर्खेत जीप दुर्घटना : मृतक चारै जनाको सनाखत

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 726
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका(३ का रहेका छन् भने एकजना दैलेख भैरवि गापा-४ का रहेका छन् ।



    मृत्यु हुनेमा कालिकोट शुभकालिका-३ का तन्त बिक, नमराज बिक र बिरेन्द्र बिक रहेका छन् । त्यस्तै भैरवि गापा-४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।



    त्यस्तै दुर्घटनामा घाइते भएकाहरु कालिकोट शुभकालिका(३ का नरि बिक र कालिकोट खाडाचक्र नपा-९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका सुर्खेत प्रहरीले जनाएको छ । घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार