Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेतमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भएको हो ।

पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

जीप सडकदेखि करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077