Online Nepal
  • बुधबार, २ माघ २०८१
  • मानव तस्करविरुद्ध आक्रामक बन्दै अपराध अनुसन्धान कार्यालय, कुवेत पठाउने गिरोह फन्दामा पर्दै

    मानव तस्करविरुद्ध आक्रामक बन्दै अपराध अनुसन्धान कार्यालय, कुवेत पठाउने गिरोह फन्दामा पर्दै

    डीएसपी पन्थीले गरे कुवेतबाट महिलाको उद्धार

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 4.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मानव तस्करविरुद्ध आक्रामक बनेको छ ।

    भिजिट भिषामा संयुक्त अरब इमिरेट्स पठाएर एजेन्टमार्फत घरेलु कामदारका रूपमा कुवेत पठाएर बन्धक बनाइएका व्यक्तिहरूको उद्धारमा अपराध अनुसन्धान कार्यालय आक्रामक बनेको हो ।



    हालै मात्र कुवेतमा बन्धक अवस्थामा रहेकी महिलालाई उद्धार गरी नेपाल ल्याएको छ । कार्यालयका वैदेशिक रोजगार विभाग ‘पिल्लर’ हेर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीको कमाण्डमा उजुरी परेको एक साता नबित्दै पीडित महिलाको उद्धार गरेको हो ।

    यस्तै बन्धक बनाउने दैलेखको नारायण नगरपालिका वडा नम्बर ९ स्थायी घर भई हाल तारकेश्वर बस्ने राकेश सुनार भन्ने गोपाल सुनार र गोरखाका आयुष भनिने आकाश बाबु विकलाई राजधानीको बौद्धबाट पक्राउ परेका छन् ।

    भिजिट भिषामा संयुक्त अरब इमिरेट्स पठाएर एजेन्टमार्फत घरेलु कामदारका रूपमा कुवेत पठाएर महिलालाई शारीरिक एवं मानसिक यातना दिएपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी पन्थीले जानकारी दिए ।

    उनीहरूले पीडित महिलालाई विभिन्न प्रलोभनमा पारि संयुक्त अरब इमिरेट्समा रहेको कम्पनीमा आकर्षक तलबको दिने भन्दै भिजिट भिसामा दुबई लगी त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेत पुर्‍याएर प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी विश्वास दिलाई कुवेत पुर्‍याएपछि घरेलु काममा लगाउनुको साथै निजलाई शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको भन्दै पीडितले परिवारको सहयोगमा प्रहरीमा उजुरी परेको थियो ।

    त्यसपश्चात् कार्यालयले अनुसन्धान गरी कारबाही चलाएको डीएसपी पन्थीले बताए । डीएसपी पन्थीका अनुसार कुवेतस्थित राजदूतावाससँगको समन्वयमा पीडित महिलालाई ६ दिनमै उद्धार गरिएको थियो ।

    आफन्तमार्फत वैशाख २१ गते उद्धारका लागि निवेदन दिएकोमा तत्काल एक्सन लिएर दूतावाससँग समन्वय गरी २७ गते नेपाल फर्काउन सफल भएको डीएसपी पन्थीको भनाई छ ।

    ‘अझै पनि कुवेतमा धेरै नेपालीलाई बन्धक बनाइएको र उनीहरूको उद्धारमा आफूहरू लागिरहेका छौँ,’ डीएसपी पन्थीले भने । साथै पक्राउ परेका दुवै जनाले सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर अभियुक्तले आफ्नो नाम ढाँटी ठुलो सङ्ख्यामा महिला पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरूले महिलाहरूलाई संयुक्त अरब इमिरेट्समा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्‍याई घरेलु कामदारको रूपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएकोसमेत खुलेको डीएसपी पन्थी बताउँछन् ।

    उनीहरूले युएईमा सम्पर्क कार्यालय खोली नेपालबाट भिजिट भिषामा युएई पुर्‍याउने विभिन्न प्रलोभन देखाएर ठुलो रकम उठाएर एजेन्टमार्फत कुवेत पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

    उनीहरू दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार