Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गिरीबन्धु टी-स्टेट प्रकरणमा केपी ओलीमाथि छानबिन गर्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले गिरीबन्धु टी स्टेटमा नीति भ्रष्टाचार भएकोले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन गर्न माग गरे ।

ऐन नै बनाएर नीतिगत भ्रष्टाचार भएकोले तत्कालीन प्रधानमन्त्री ओलीमाथि छानबिन गर्नुपर्ने नेता पौडेलको भनाई छ ।

नेता पौडेलले भनेका छन्, ‘गिरीबन्धु टी स्टेटबारे अदालतको फैसलाबाट प्रष्ट छ। ऐन नै बनाएर नीतिगत भ्रष्टाचार गरियो। त्यसैले पनि तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ । अदालतको फैसला पूर्ण कार्यान्वयन हुनुपर्छ। यसमा कसले को माथि आरोप लगायो, लगाएन भन्ने तर्क फगत विषयान्तर गर्ने चेष्टा मात्र हो, सचेत बनौं।’

कांग्रेसले पछिल्लो समय सहकारी प्रकरणसँगै झापाको गिरीबन्धु टी स्टेटको विषय उठाउँदै आएको छ । अदालतले नै नीतिगत विषय मिलाएर जग्गा साटफेर गरेको भन्दै गम्भीर सवाल उठाइदिएको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले र एमालेका अध्यक्ष ओलीमाथि लगाएको यो आरोपप्रति लिखित रूपमा माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077