Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसएसपीबाट डिआइजीमा बढुवा भएकाले लगाए फुली

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका चार जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आईजीपी बसन्त बहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन्।

आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच डिआइजीहरु कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई दर्ज्यानी चिन्ह लगाइदिए।

समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका डिआइजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077