Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिआइजीको पदस्थापनसँगै सरुवाको तयारी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजीको सरुवा गर्ने भएको छ ।

कार्यक्षमतामा कमजोर देखिएका डिआइजीलाई प्रदेशबाट हटाउन लागिएको छ ।

हालै बढुवा भएका चार डिआइजीको पदस्थापन गरी अन्य केहीको जिम्मेवारी हेरफेर हुन लागेको हो ।

कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीको डिआइजीमा बढुवाको निर्णय भएपनि पदस्थापन भइसकेको छैन । उनीहरुले सोमबार फुली लगाइसकेका छन्।

हाल भरतपुर तालिम केन्द्रमा डिआइजी पद रिक्त छ । उपत्यका ट्राफिकका डिआइजी पोषराज पोखरेलको पनि एक वर्ष अवधि पुग्न लागेकाले उनको पनि सरुवा हुने सम्भावना छ ।

प्रदेशमा राम्रोसँग काम गर्न नसकेका डिआइजीलाई पनि हटाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ ।

मधेस प्रदेशका डिआइजी यज्ञविनोद पोखरेल सबैभन्दा जोखिममा छन् ।

उनको कार्यशैलीप्रति गृहमन्त्री रवि लामिछाने असन्तुष्ट रहेकाले हटाउने सम्भावना रहेको स्रोत बताउँछ ।

बागमती प्रदेशका विष्णुबहादुर केसी तथा लुम्बिनीका कुबेर कडायतको पनि कमाण्ड बलियो हुन नसकेको रिपोर्ट गृह मन्त्रालय पुगेको छ ।

सोमबार बेलुका नै पदस्थापन र सरुवाको निर्णय गर्ने गृह मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077