Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन नरोक्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

राप्रपाले आन्दोलनको स्वरूप र कार्यक्रम निर्धारण गर्न आन्दोलन परिचालन कमिटीले जिम्मेवारी दिने निर्णय गरेको छ ।

साथै भ्रष्टाचार लगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय भएको राप्रपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077