Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको दाबी गरेका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले विरोधकाबीच नीति तथा कार्यक्रमको छलफल हुँदा नमिठो लागेको भन्दै संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गरिरहेको बताए ।

संसदीय छानविन समिति बनाउने विषयमा सर्वसम्मत भइरहेको भन्दै उनले त्यसको कार्यादेशका बारेमा टुंगो लगाउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077