Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री थापा भन्छन् - सत्ता गठबन्धनको रवैयाविरुद्ध सडकमा आएका हौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन निरंकुशता उन्मुख रहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशता उन्मुख भएको बताएका हुन् ।

महामन्त्री थापाले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । प्रतिपक्षलाई संसद्‍मा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने काम राम्रो नरहेको उनको भनाई छ ।

महामन्त्री थापाले भने,'मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तले तपाईंहरुसँग जोडिएको छ । किनभने तपाईं आज माइतीघरको मण्डलामा उभिएर एक जना निहत्था नागरिकले प्रश्न गर्न पाउनुपर्छ।'

अहिले मिडियालाई नियन्त्रण गरे पनि पछि नागरिकलाई नै प्रश्न गर्नबाट सरकारले रोक्न सक्ने महामन्त्री थापाको भनाइ छ । उनले गठबन्धनको रवैयाविरुद्ध एकजुट बनेर लाग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077