Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीले सोधे - गृहमन्त्रीज्यू छानबिनबाट किन डराउनु भएको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सत्ताबाहिर र सत्तामा हुँदा कुरा फेरेको भन्दै गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन्।

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको तर्फबाट बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक शाहीले गृहमन्त्रीलाई सोधे, ‘सहकारी पीडितको बास सडकमा भएको छ । मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो । अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू ! मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो ।’

यसअघि प्रतिपक्षमा हुँदा लामिछानेले जजसको नाम आएको छ छानबिन गरौं गृहमन्त्री प्रधानमन्त्रीले मुटु दह्रो छ ? भनेको उनले स्मरण गरे ।

उनले ज्वाइँले खाता खोलेको र व्यवसाय गरेको विषयलाई लिएर राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको जिकिर गरे ।

छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने नहुने भन्दै उनले समिति बनाउन साथ दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077