Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डपछि ओली पनि पुगे देउवासँग छलफल गर्न बूढानीलकण्ठ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पछि ओली पनि बूढानीलकण्ठ पुगेका हुन् । संसदमा भइरहेको गतिरोध हटाउन राजनीतिक सहमति गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बूढानीलकण्ठ गएको बताइएको छ ।

प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए। सो बैठक अघि कांग्रेस सभापति देउवा निजी निवासमा आन्तरिक छलफलमा जुटेका थिए।

विगत केही समयदेखि प्रतिनिधि सभाको बैठकमा कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बैठक अवरोध गरिरहेको छ । शनिबारको बैठकमा टीओआरका विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज पनि बस्ने तय भएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्ड, ओली र कांग्रेस सभापति देउवाबीच छलफल भएको छ । टीओआरबारे सहमति जुटे आजै संसद्बाट सरकारको नीति तथा कार्यक्रम पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077