काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीआओर) मा सहमति जुटाउने गरी बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको छलफल सकारात्मक भए पनि निष्कर्षविहीन भएको हो । अब आइतबार बिहान शीर्ष नेताहरूको बैठक बस्ने छ । शीर्ष नेताको बैठक विषय प्रवेश नगरी आइतबार बिहान ९ बजेलाई सरेको छ ।
आजै सिंहदरबारमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेपछि बालुवाटारमा शीर्ष नेताहरूको बैठक डाकिएको थियो । बैठकमा कार्यदलका सदस्यहरूसमेत सहभागी थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सञ्चालनका निम्ति सकारात्मक देखिए पनि गृहमन्त्री रवि लामिछानेको नामबारे भने अडान दोहोर्याएको बताइएको छ ।
यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेरी छलफल भएको थियो।