काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको हो । यसअघि हिजो बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको थियो ।
गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने विषयमा सहमति नजुट्दा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएकोछ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउने प्रयास गर्नेछ ।
कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको छ ।
कांग्रेसले कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।