Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटन आज बिहान शीतल निवासमा पुगेका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077