Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्थानसँग ४ विकेटले पराजित हुँदै आईपीएलबाट बाहिरियो आरसीबी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो इलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) लाई पराजित गरेको छ ।

फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै बेंगलूरु बाहिरिएको हो ।

गएरातिको खेलमा बेंगलूरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

राजस्थानले अब पहिलो क्वालिफायरको पराजित टोली सनराईजर्स हैदराबादसँग फाइनल प्रवेशका लागि भोलि खेल्नेछ ।

हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आउने आइतवार हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077