Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरोहिया पक्राउबारे नेपाल बारले भन्यो - प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरूपयोग भयो

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।

कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि प्रहार भएको बताएको हो ।

बुधबार अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै राज्य शक्तिको दुरूपयोग स्वीकार्य नहुने बताए ।

बारले सिंगो सञ्चार जगतलाई आतंकित पार्ने कार्यको घोर भर्त्सना गरेको छ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ नागरिकता सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको कारण देखाएर सिरोहियालाई पक्राउ गरेको थियो ।

सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन काठमाडौंबाट उनी पक्राउ परेका हुन् ।

पक्राउ गरी सिरोहियालाई राति नै धनुषा पुर्‍याइएको थियो। उनलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077