Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण

    विकल पौडेललाई २ वर्ष कैद, २५ करोड ४७ लाख जरिवाना

    विकल पौडेललाई २ वर्ष कैद, २५ करोड ४७ लाख जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख जरिवाना सुनाएको छ ।

    पौडेललाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर गर्दै न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले मंगलबार कैद र जरिवानाको सजाय सुनाएको हो ।



    यस्तै सोही आरोपमा मुछिएका नविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख विगो अनि त्यति नै रकम जरिवानाको फैसला भएको छ ।



    विशेष अदालतले रोहितमान प्रधानलाई ५ करोड ८४ लाख जरिवाना गरेको छ ।भुवन महर्जनलाई ५ करोड ७९ लाख रुपैयाँ जरिवाना भएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोडभन्दा बढी अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    यो प्रकरणमा ४ जनालाई कैद सजाय र जरिवाना तथा ५ जनालाई सफाइ दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार