Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : फाइनल प्रवेशका लागि आज कोलकाता र हैदरावाद भिड्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ ।

पहिलो क्वालिफायर आज राति पौने ८ बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ। दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077