Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेत बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत

सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।

बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका-६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।

सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका-११, भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कटकुवामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेमध्ये एक जना बाहेकको अवस्था सामान्य रहेको छ।

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077