Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाको खुलासा - रास्वपा सांसदहरू कांग्रेस नेताका घर–घर घुमिरहेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सांसदहरु कांग्रेस नेताहरूको घर–घरमा पुगेको खुलासा गरेका छन् ।

उनले सहकारी ठगीको छानबिनमा लचक भइदिन रास्वपा सांसदहरु कांग्रेसका नेताहरुको घर घर घुमेको खुलासा गरेका हुन् ।

पत्रकार सम्मेलनमा महामन्त्री थापाले रास्वपाका पूर्वकांग्रेस र अहिले रवि लामिछानेका अभिन्न मित्रले कांग्रेस नेताहरुलाई भेटेर संसदीय छानबिन समितिको टीओआरमा लचक बनिदिन आग्रह गरेको बताए ।

“म उहाँहरुको गोपनीयता भंग गर्न चाहन्न । तर, पहिले नेपाली कांगेसको र अहिले रवि लामिछानेका अभिन्न मित्रले नेपाली कांग्रेसका नेताहरुको घर–घरमा पुगेर हामी डेमोक्रेटिक अलाइन्सका लागि तयार छौँ भन्दै संसदीय समितिको टीओआरमा लचक भइदिन आग्रह गर्नुभएको छ,” थापाले भने ।

साथै, उनले आफूसँग पनि भेटेर एमालेसँग नजिक हुन बाध्य नपार्न आग्रह गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077