Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई गगन थापाले भने - नधम्क्याउनुस्, सबै फाइल खोलेर देखाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई नधम्क्याउन आग्रह गरेका छन् ।

आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेलाई नधम्क्याई फाइल खोलेर देखाउन चुनौती दिएका हुन् ।

उनले फाइल खोलौँ, खोलौँ भन्दै नधम्क्याई फाइल खोलेर देखाउन चुनौती दिए । संसदमा बोल्दै गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूको नामै किटेर भ्रष्टाचारका फाइल खोल्नपर्ने हो ? भन्दै प्रश्न गरेका थिए।

जसको जवाफमा थापाले भनेका छन्, ‘फाइल खोलौँ, खोलौँ भनेर धम्काउने होइन के, छानबिन गरौँ, गरौँ भन्ने होइन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077