Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा बोल्न नपाएपछि ल्होत्से हलमामा पत्रकार सम्मेलन गर्दै गगन थापा

काठमाडौँ । संसदमा बोल्न नपाएपछि नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले अहिले पत्रकार सम्मेलन गर्दै छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको सम्बोधनबारे महामन्त्री थापाले आजै साढे ७ बजे बानेश्वरको ल्होत्से हलमामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

लामिछानेले बोलेपछि कांग्रेस सांसदहरू उठेर विरोध गरेपनि सभामुख देवराज घिमिरेले समय नदिएपछि महामन्त्री थापाले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा बोल्दा कांग्रेसका महामन्त्री थापालाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए।

प्रतिनिधि सभा बैठक सुरू हुनुअघि कांग्रेसका सांसदहरूले सभामुखलाई भेटेर गृहमन्त्रीले बोलेपछि कांग्रेसले बोल्न समय पाउनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077