Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् बैठक अघि सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख सचेतकहरुसँग छलफल गर्न बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् । प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे तय भएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्ष दलहरु सहमत भएका छन् । तर त्यसको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077