Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 585
    SHARES

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।



    डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विसं २०३१ मा जन्मिएका शाहीले त्रिभुवन विश्वविद्यालयको ल क्याम्पसबाट बीएलसम्मको अध्ययन गरेका छन् ।



    राष्ट्रिय आवास कम्पनी लिमिटेड र चिया कफी विकास बोर्डको कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्नुभएका शाही विसं २०६२ देखि कानूनी पेसामा आबद्ध छन् ।

    प्रदेश प्रमुखको कार्यालय धनगढीमा शनिबार प्रदेश प्रमुख मियाँको उपस्थितिमा नवनियुक्त मुख्य न्यायाधिवक्ता शाहीलाई उच्च अदालत दीपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार