एजेन्सी । पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा ५० जनाको ज्यान गएको छ ।
शुक्रबार बाढीका कारण घोर प्रान्तका ५० जना बासिन्दाको मृत्यु भएको हो ।
घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीका अनुसार बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ ।
प्रान्तभित्रका प्रमुख सडकहरू ‘पूर्णरूपमा अवरुद्ध’ भएका थिए ।
विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो ।
Leave a Reply