Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • तमिलनाडुमा साँढे जुधाई क्रममा ७ जनाको मृत्यु, ४०० घाइते

    तमिलनाडुमा साँढे जुधाई क्रममा ७ जनाको मृत्यु, ४०० घाइते

    अनलाइन नेपाल
  • शनिबार, ५ माघ २०८१
  • 540
    SHARES

    एजेन्सी । दक्षिणी भारतमा ‘बुल फाइट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सातजनाको मृत्यु भएको छ ।

    दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार उनीहरुको मृत्यु भएको हो । यस्तै अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।



    छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ ।

    अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार