Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गरौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो आग्रह गरेका हुन् ।

उनले सरकारले नेपालीका लागि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने बताए ।

सभापति देउवाले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे ।

सभापति देउवाले सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077