Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवासहित कांग्रेस नेताहरू बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।

संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् ।

छलफलमा कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरू सहभागी छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077