Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मधेशमा सरकार बनाउन विपक्षी दलको छलफल, आलोपालो नेतृत्व लिने ‘सहमति’

    मधेशमा सरकार बनाउन विपक्षी दलको छलफल, आलोपालो नेतृत्व लिने ‘सहमति’

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 1.6K
    SHARES

    धनुषा । मधेस प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् ।

    नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि छलफल जारी रहेको बताए ।



    उनले आलोपालो नेतृत्व लिने गरी नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको वैकल्पिक सरकार बनाउन लगभग सहमति बनेको पनि बताए ।



    “पहिले जनमत, त्यसपछि माओवादी केन्द्र र अन्तिम वर्ष एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढेको छ । सहमतिलाई थप परिपक्व बनाएर चाँडै सरकार बनाउन दाबी पेस गर्छौं,” साहले भने ।

    प्रदेशसभामा एमालेबाट २५, जनमत १३, माओवादी केन्द्र ९, लोसपाबाट आठ र एकीकृत समाजवादीबाट सात प्रदेशसभा सदस्य छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार