Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लखनउले मुम्बईलाई १८ रनले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ ।

गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन मात्रै बनाउन सक्यो । उसका रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो ।

उसका निकोलस पुरनले ७५ र केएल राहुलले ५५ रन बनाए । जितसँगै लखनउको १४ खेलमा १४ अङ्क भएको छ । लखनउ तालिकाको छैठौँ स्थानमा छ । मुम्बई १४ खेलमा ८ अङ्कका साथ पुछारमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077