Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र देउवाबीचको बैठक स्थगित, शनिबार बिहान ८ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस नेताहरूबीच बस्न भनिएको बैठक सरेको छ ।

प्रधानमन्त्री प्रचण्ड दाँतको उपचारका लागि अस्पताल जानुपर्ने भएकाले आजको बैठक सरेको हो ।

सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग ६ बजे छलफल गर्दै थिए ।

तर, समय अभावका कारण बैठक भोलि विहान ८ बजे सम्मका लागि सरेको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077