Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सरकारबाट बाहिरिनुपर्दाको पीडा पोख्दै छ : केपी ओली

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् ।

एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

कांग्रेसले मानेपनि नमानेपनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने अध्यक्ष ओलीको भनाई छ ।

अध्यक्ष ओलीले भने,‘कांग्रेसले सरकारबाट बाहिरिनुपर्दाको पीडा पोखेर कराइरहेको छ, अब समय थोरै छ, आज ४ गते भयो १५ गतेभित्र नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्नुछ । त्यसकारण कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद त चलाउँछौं, नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनै पर्छ, देशलाई नै ठप्प पार्ने अनि कांग्रेसले यसलाई बोल्न दिन्छु भन्दा दिने दिन्न भन्दा नदिने हुन्छ ? कांग्रेसले जेजे भन्यो त्यही मान्दिनुपर्ने ?’

अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति आक्रोश पोखे ।

सरकारबाट बाहिरिनुपरेको पीडाको कुण्ठामा कांग्रेस आफैं रुमल्लिएको र देशलाई पनि अल्झाएर राखेको आरोप ओलीले लगाए।

उनले गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेलई एमालेले बोक्नुपर्ने कुनै आवश्यक नभएको भन्दै ओलीले एमाले भ्रष्टचारीहरूको आखडा नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077