Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले छानबिन समिति होइन, सरकार मागेको हो : केपी ओली

बारा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई सहकारी ठगीको छानबिन समिति नभई सरकार चाहिएको दाबी गरेका छन्।

बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्‍घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसलाई सरकार चाहिएको आरोप लगाए ।

सरकारबाट बाहिरिएर छट्पटाइरहेको कांग्रेस अहिलेको सरकारले गरिरहेका राम्रा कामबाट अत्तालिएको अध्यक्ष ओलीको भनाई छ ।

संसदमा विभिन्न निहुँ खोजेर कांग्रेसले संसद चल्न नदिएको अध्यक्ष ओलीले बताए।

अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार अरु कसैले पनि बनाएको होइन। नेपालीले बनाएको सरकार हो। यो कुरा कांग्रेसलाई पचेको छैन।’

भ्रष्टचारको कसूरमा अदालतबाट दोषी प्रमाणित भइसकेका कांग्रेस सांसदहरूले नै संसदमा भ्रष्टचारको छानबिन हुनुपर्छ भनेर नारा लगाउनु हास्यास्पद रहेको बताए।

आफूलाई लोकतन्त्रको मसिहा भनाउँदो कांग्रेसबाट संसदमा भइरहेको अराजकता अशोभनीय रहेको अध्यक्ष ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077