काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट हटाइदिएपछि कांग्रेसका सांसदहरुले ममाथि आक्रोश पोखेको आरोप लगाएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले संसदमा कांग्रेसले उत्ताउलोपन र असभ्य व्यवहार देखाएको बताए।
आफू बसेको ठाउँमा कांग्रेस सांसदहरु आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए।
अध्यक्ष ओलीले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे।
कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको थियो ।